• कुशल अर्याल

    मलाई जिम्मेवारीविहिन बनाउनुमा गुटगत स्वार्थ छ : घिमिरे


    पाल्पाको मदनपोखरा ७ मा जन्मेर २०४९ सालको एस.एल.सी परीक्षामा पाल्पा जिल्ला प्रथम भई कृष्ण प्रसाद भट्टराईको हातबाट नुर—गंगा शैक्षिक प्रतिभा पुरस्कार पाएका  सुन्दर घिमिरे निकै शालिन भद्र र चतुर व्यक्ति हुन् । अनेरास्ववियु ललितपुर जिल्ला सचिव देखी पार्टीका विभिन्न तहको नेतृत्व गर्देै  एमाले पाल्पा काठमाडौँ सम्पर्क मञ्चको २ वर्ष कार्यकाल समालेका घिमिरेले सफल अध्यक्षको रुपमा चौतर्फी प्रसंसा पनि कमाए । आफ्नो २ वर्षे कार्यकालमा पार्टीमा धेरै सुधार ल्याउन सफल उनिमा सबैलाई रिजाउन र मिलाएर लैजान सक्ने क्षमता पनि छ, यस्ता क्षमतावान उनी अहिले पार्टी जिम्मेवारीबाट बाहिर छन् । घिमिरे एक कुशल राजनितिज्ञमात्रै नभएर नेपाल टेलिकम चितवनको एक उच्च ओहोदामा पनि कार्यरत छन् । प्रस्तुत छ उनै घिमिरे सँग काठमाडौँ समाचारका उपसम्पादक कुशल अर्यालले समसामयिक विषयमा गरेको कुराकानी ।

    तपाईलाई मञ्चको एउटा सफल अध्यक्षको रुपमा लिईने गरिन्छ के जादु गर्नु भो त्यस्तो ?

    मैले आफुलाई आफैले सफल अध्यक्ष भन्न चहान्न, यो साथी भाई सुभचिन्तकहरुको मूल्याङकन हो । यसो भन्दैमा म निकै उत्साहित पनि भएको छैन तर मलाई यस कार्यले प्रेरणा भने दिएको छ । मैले मञ्चको नेतृत्व लिए पछि संगठनलाई थप सुदृढ गर्देै विस्तार गरेँ २०÷२२ वटा संख्यामा रहेको  गाउँ सम्पर्क मञ्चलाई बढाएर ६०÷६२ पु¥याएँ, तानसेन नगर सम्पर्क मञ्च गठन गरेँ, जम्मा ७१÷७२ जना रहेको पार्टीको संगठित सदस्यलाई मेरो कार्यकालमा  १३४ पु¥याएँ  ३०० जना सदस्यहरुबाट १२०० जना सम्म सम्पर्क सुत्रमैले जोडँे,मञ्च भित्रका विभिन्न विभागहरु मेरै कार्यकालमा सुरु गरेँ ०७० सालको चुनावमा विभिन्न कठिनाईका बाबजुत पनि प्रहरीको ;सहयोगमा र सुरक्षा निकायको उच समन्वयमा सहकार्य गरेर ११ वटा बस काठमाडौँ देखी पाल्पा पठाउने वातावरण मिलाएर क्षेत्र नं २ को चुनावमा सफलता हात पार्न सफल पनि भईयो । र मेरै कार्यकालमा  पार्टी केन्द्रको मूल्याङनमा पाल्पाको मञ्चलाई टप फाईवमा ल्याउन महत्वपुर्ण भुमिका खेलेँ । मेरा यिनै कार्यले गर्दा मलाई शुभचिन्तक साथीभाईले सफल अध्यक्षको रुपमा ठान्नु हुन्छ जस्तो मलाई लाग्छ ।

    पाल्पा काठमाडौँ सम्पर्क मञ्चमा जुन एक खाले असमझदारी एक समुहमा देखिएको छ यो देखिनुमा तपाईले राम्रो भुमिका खेल्न नसकेको कारणले भएको आरोप छ नि, के भन्नु हुन्छ?

    हाम्रो सम्पर्क मञ्चमा देखिएको असमझदारीको मुख्य जड पार्टी केन्द्रमा देखिएको गुटबन्दिको छायाँ हो । मैले आफ्नो तर्फबाट के गर्नु पर्ने हो सबै तहतप्कामा भुमिका मेरो तर्फबाट खेलेको नै थिएँ र छु पनि । यहाँ मञ्चको जिम्मेवारी बहन गर्ने र मिलाउने जिम्मा एउटा र दोषखाने मैले जस्तो भएको छ ।  पार्टीले यसलाई व्यवस्थापन गर्ने हो, एउटाले जिम्मेवारीलाई अगाडी बढाउन नसक्ने  र अर्कालाई दोष दिनु हुँदैन । म अध्यक्ष छदाँ सुन्दरले राम्रो ग¥यो भन्ने पछि कुरा काट्दै हिँड्ने प्रवृति राम्रो होईन, यो एउटा आरोप मात्र हो, यो असक्षमता हो । मैले सम्पर्क मञ्च हाँक्दा खेरी गुटबन्दीको गन्ध आउन पनि दिएको थिएन त्यो साथीहरुले बुझ्नु पर्छ । र अहिले म जिम्मेवारीबाट बाहीर आउँदा अनेक थरी कुराहरु सुन्नमा आएकोछ यसमा कुनै सत्यता छैन् मैले मेरो तर्फबाट निभाउन पर्ने भुमिका राम्रो सँग निभाएको छु ।

     

    सम्पर्कमञ्चसँग असन्तुष्टि भएर  बसेको जुन एउटा समुह छ उहाँहरुलाई पनि ल्याई मञ्चलाई एक ढिक्का पार्न सकिन्छ कि सकिदैन र के गर्नु पर्ला ?

    यो मुलुकमा नसकिने चिज के नै पो छ र, नसकिने होईन मजाले सकिन्छ उहाँहरुपनि हाम्रै साथीभाई हो । उहाँहरु असन्तुष्टि हुँदा साँचिकै मञ्च अहिले नुन विनाको तरकारी जस्तै भईरहेको छ यस्तो अनुभव अन्य साथीभाई एवं नेता गंढ ज्यूहरुलाई लागेको छ कि छैन ?

    मुलत ः नेताहरु विचमा भएका भद्र सर सहमति कार्यान्वन हुनु प¥यो । म सहित पार्टीका नेताहरु बसेर विभिन्न सहमति भएको छ त्यसलाई व्यवाहारमा पनि लागु गर्नु प¥यो । मैले यसका लागि पटक पटक पहल पनि गरेको छु । म आफ्नो कार्यव्यवस्थताको कारणले बाहिर रहेपनि मैले नेताहरुलाई बेला बेलामा त्यस प्रति सजक गराएको नै छु । कतिपय साथीहरु त्यसै गुटबन्दीमा नै रमाउने काम पनि भएको छ मुलत ः उहाँहरुले त्यसलाई त्याग गर्न सक्नुपर्छ । हिजो भएको सहमति सम्झनु पर्छ । अहिले हाम्रो साथीहरुमा आफ्नो विचार भन्दा पनि अरुको ईसारामा चल्ने काम गर्नु भएको छ । अहिले जिम्मेवारीमा रहनु भएका साथीहरुले यसलाई गम्भिररुपमा लिनु पर्ने हो त्यति रुपमा लिएको जस्तो मलाई लाग्दैन ।

    कार्तिक ५,६ मा पाल्पा  पार्टीको  अधिवेशन पनि तय भएको छ मञ्चको यो अवस्थाका कारण कस्तो अषर पर्ला ?

    भुगोलको अधिवेशनमा यसले त्यति ठुलो प्रभाव पार्ला जस्तो मलाई लाग्दैन । हाम्रो काम भनेको भुगोललाई सहयोग गर्ने हो । मञ्चको अवस्था अहिलेको जस्तै त्यतिखेर सम्म कायम भएमा प्रभाव नपर्ला भन्न सकिदैन । मञ्चको जस्तो अस्तव्यस्त अवस्था भुगोलमा हुनुहुँदैन यसले पाल्पामा हाम्रो पार्टी प्रति रहेको अवस्थामा परिवर्तन ल्याउन सक्दछ । त्यस प्रति हामी कार्यकर्ता शुभचिन्तक र पार्टीका नेताहरु बेलैमा सजग हुनु पर्छ । नभए ठुलो दुर्घटना पनि निम्तीन सक्दछ । मञ्चको अहिले देखिएकोनै अवस्थामा रहने हो भने सकरात्मक सहयोग गर्छ भन्ने मलाई लाग्दैन् ।

    पार्टी नेतृत्व प्रति यहाँको धारणा के छ ?

    पार्टीका हाम्रा श्रदय अध्यक्ष केपी ओली देशको निम्ती एउटा सफल प्रधानमन्त्रीको रुपमा सफलता हासिल गर्नु भयो । विभिन्न कठिन मोडहरुका बाबुजुत पनि नेपालको शिर झुक्ने काम गर्न उहाँले दिनु भएन आज यो कुरा विश्वले गौरव गर्ने विषय हो । तर कमरेड अध्यक्ष पार्टीको निम्ती सफल हुन सक्नु भएको छैन । २ वर्षको पिरियडमा त्यस्तो सङकेत देखिएको छैन् । अध्यक्षले कार्यकर्ताको गुनासो र पार्टीलाई एकताबद्ध र एक ढिक्का बनाउन पहल गर्न सक्नु भएको छैन् ।

    अन्त्यमा पूर्व अध्यक्षको हैसियतले के भन्न चहानु हुन्छ ?

    मञ्च एकताबद्ध,सुदृढ गतिशिल र संगठित नभएकोमा म चिन्तित छु । जुन चिन्ता गर्नु पक्षलाई भने वास्ता छैन् म जिम्मेवारीमा नभएको मान्छेले मात्र चिन्ता लिएर के गर्नु । म अहिले जिम्मेवारीविहिन छु पार्टीमा मलाई नियतबस गुटगत स्वार्थका कारणले जिम्मेवारी दिएको छैन यसमा म दुःखी छु । निवर्तमान ५ जना जिल्ला अध्यक्षहरुलाई जिम्मेवारी दिईयो मलाई किन दिइएन नेतृत्व प्रति मेरो प्रश्न छ ? पार्टी सँग मैले पटक पटक जिम्मेवारी मागेको छु । छविलाल कमरेडलाई पटक पटक भेटेर मैले म जतिको कार्यकर्ता हात खाली राखेर बस्नु भएन म पार्टीको काम गर्नका निम्ती भोको छु भनेर भनेको पनि छु । पार्टीले दिदा दिएको काम गर्ने हो नदिदा खोजेर भएपनि गर्ने हो त्यैपनि पार्टीले दिएको जिम्मेवारी निभाउन पाउँदा छुटै आनन्द आउँछ ।

    मञ्चलाई पहिलैकै जस्तो एक ढिक्कामा फर्काउन अहिलेको नेतृत्व र नेता ज्युहरुले पहल गर्नु प¥यो मलाई त मञ्च निकै पछाडी परेको जस्तो अभास भईरहेको छ । पार्टीले जिम्मेवारी नदिदा पनि मैले आफ्नो तर्फबाट भुमिका खेलिरहेको यस मिडिया मार्फत सम्पुर्ण कार्यकर्ता नेतृत्वकर्ता र मञ्चलाई आग्रह गर्न चाहान्छु ।

     


    2983 0 8/30/2016 @ 17:49
  • कुशल अर्याल द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top