• Newsenepal

    दृष्टिविहीनलाई हङ्कङको सहयोग


    मोरङ, २६ असार । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ ।

    राई दम्पतीको राससमार्फत केही महिनाअघि विभिन्न सञ्चारमाध्यमबाट प्राथमिकताका साथ समाचार प्रकाशन प्रसारण भएपछि थुप्रै सहयोगी हातहरु भेटिएका छन् ।

    वैदेशिक रोजगारीका लागि हङ्कङमा रहनुभएका उर्लाबारीवासीका तर्फबाट पठाइएको उक्त रकम राई दम्पतीलाई घरमै पुगेर शनिबार उर्लाबारी परिवार हङ्कङका नेपाल प्रतिनिधि राजु लामाले हस्तान्तरण गर्नुभयो ।

    स्वदेश तथा विदेशमा रहनुभएका नेपालको सहयोगमा छ महिनाअघि थालिएको घर निर्माण कार्य अन्तिम चरणमा छ । आर्थिक सहयोग जुटेर नयाँ घर पाएका राई दम्पतीले सहयोगीदाताप्रति भावुक हुँदै धन्यवाद प्रकट गर्नुभयो ।
    कार्यक्रममा घर निर्माणमा सक्रिय रहनुभएका शोभितमाया तामाङ, मीना कार्की, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारी, पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, सञ्चारकर्मी हरि कोइराला, धर्मानन्द केसीलगायतको उपस्थिति रहेको थियो ।

    विभिन्न विधाका चार व्यक्ति सम्मानित

    भानु कलाकेन्द्र विराटनगरले शनिबार विभिन्न विधाका चार जना व्यक्तिलाई सम्मान गरेको छ ।

    भानु मोरङ सांस्कृतिक समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भानु कलाकेन्द्र, विराटनगरले आदिकवि भानुभक्त आचार्यको २०३औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने विभिन्न विधाका चार जनालाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा पत्रकार महासङ्घ मोरङका सभापति महेन्द्र विष्ट, कलाकार शिवप्रसाद दाहाल, कलाकार बलराम थापा, साहित्यकार बसुश्री पाण्डेलाई खादा, माला र ताम्रपत्रले सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रा डा गोपाल भण्डारी र एमाले मोरङका अध्यक्ष महेश रेग्मी, भानु कलाकेन्द्रकी सञ्चालिका मायाँ पौडेलले खादा, माला र ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभयो ।


    1337 0 7/10/2016 @ 11:22

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top