• सानुबाबु सिलवाल

    धनको पछिलाग्ने नेपाली समाज


    अमेरिकाको न्युयोर्कमा हिजो हो क्या रे नेपालका बिलगेट बिलिनियर बिनोद चौधरीसगै बसेर फोटोसेसन गर्ने र क्रान्तिकारि, उच्च शब्दाबलि र ठुला ठुला क्याप्सन र हेडलाइन सहित फेसबुकमा अमेरिकाका केहि अगुवा साथिहरुको तछाडमछाड र रङ्गिचङ्गि देख्दा एक दुइ शब्दहरु लेख्न मन लागेर आयो। यि बिचारहरु मेरा ब्याक्तिगत हुन। हिजोआज मनमा के लागेर आयो भने अपराध, कर्तुत, ठगि वा भ्रष्टचारबाट आर्जित सम्पति र ति अपराधलाइ दुधले नुहाउने माध्यम चाहि कि त धर्मशाला, मन्दिर कि त साहित्यक जगत बन्न थालेछ। कपुरि क जानेका र समाचार पढ्न र हेर्न जान्ने तप्काका साधारण नेपालिहरुलाइ पनि हेक्का भएकै हुनुपर्द्छ।

    नेपाल कर प्रणालि भ्याट छलेर, राजनैतिक र आर्थिक पहुचको दुरुपयोग, काला धनलाइ सेतामा परिणत गरि बैदेशिक मुद्रा अपचलन र मुलुक मारेर बिदेशमा धन जम्मा गर्नेहरु कि त मन्दिरमा सुनका डल्ला, धुप, आराधना, पुजाआजा र कि त साहित्यलाइ काखि च्यापेर दुधले नुहाउनेको अगुवा भनेर सबैले चिन्दछन बिनोद चौधरि र उनका ब्यापारिक परिवारलाइ। कहिले काग्रेस , कहिले माओबादि त कहिले राजाबादि त कहिले एमालेको रुपमा मुलुक सधै चुस्न सिपालु चौधरि समुहका सरक्षक हुन बिनोद। मुलुक दिनदिनै दुब्लाइरहेको छ।

    आम जनता थाल खाने कि भात खानेमा सघर्षशिल अबस्थामा गुज्रिरहेका बेला फोक्स पत्रिकाको बिशेषण बिलिनियर चौधरि कमाइरहेकै छन। मुलुकको राजनैतिक उतारचढाबमा कलर परिबर्तन गर्न सक्ने चौधरि बिनोद कहिले साहित्यकार, कहिले धार्मिक, कहिले राजनितिक त कहिले समाजसेबिको भेषमा आम्दानि गरिरहेकै छन। दोष उनको होइन, मुलुक र जनताको कमजोरिको फाइदा उठाउन सक्ने खुबिवाल चौधरि बिलिनियरको नाममा अमेरिकामा समेत २।४ जना नेपालि अगुवाहरुलाइ राखेर प्रबचन पनि ठोके न्युयोर्कमा। उनले इमान्दार भएर मुलुकको कर छलेनन र बिगतको छलेका भ्याट तिरिदिए भने नेपालको १०।२० जिल्लाहरु समुन्नत हुन सक्छन। राज्य लाचार छ बिनोद चौधरिका अगाडि उनिले चाहे भने प्रधानमन्त्रि राष्टपति, राजनिति, ससद कानुन प्रहरि सबै किन्नसक्ने हिम्मत राख्छन र त्यहि नै गरिरहेका छन। अमेरिकाको सफलता, सुसासन, आर्थिक प्रगति, प्रबिधि, लगानि र ज्ञानलाइ नेपालको हितमा लैजानु पर्ने तप्काका नेपालिहरु बिलिनियर चौधरि सग तस्बिर खिच्न र फेसबुकमा टासेर आफ्नो महानता, उचाइ बढाउन तछाडमछाड गर्दा दुख लागेर आयो। बिलिनियर चौधरिसङ्ग बसेर फोटो खिचेर ठुला बिशेषण सहितको क्याप्सन र फेसबुक हेडलाइन राख्दैमा के उचाइ बढ्यो त? के चौधरि सङ्ग बसेर टासिएको फोटोले महानता प्रदर्शन गर्यो त? वा उनको बिलिनियर मानपदबि सर्नेवाला छ त? वा समाजले बडो महत्व दिन्छन त? वा उनले जस्केलाबाट बिलिनियर हुने सपना वा कला बाडे त? के शन्देश दिन खोजिएको हो त? अबसर, आर्थिक समुन्नतिका मार्गमा सपना बुनेर बसेका र ब्यबसायिक मार्गमा सघर्षशिल अमेरिकामा रहेका नेपालि ब्यबसायिहरुले बिनोद चौधरिबाट के सिक्ने त? सिक्न जरुरि छ त उनका कला? वा त्यो अमेरिकामा सभब छ त? वा बिरलै भेट्ने अबसर मिल्ने चौधरि सङ्ग बसेका तस्बिर र फेसबुकमा टासिएका आफ्नो उचाइ बढाउन तल्लिन अमेरिकि नेपालिहरुको हाइट ह्वात्तै बढ्यो त अब? वा नेपालि समाजले के शन्देश प्राप्त गर्यो त? याबत प्रश्नहरु छन तर बिनोद चौधरिसङ्ग तस्बिर खिचेर फेसबुकमा टास्ने साथिहरु कहिले बन्लान त बिलिनियर वा के ज्ञान प्राप्त गरे त उनिबाट ति कुराहरु त फेसबुकमा आएनन।

    नेपालको आर्थिक अपचलन र भ्याट कर छलिका सेलिब्रेटी बिनोद चौधरिको प्रबचन, उनिसङ्ग सगै बसेर खिचिएका फेसबुके आत्मरति र सर्बसाधारणलाइ देखाएर आनन्दि लिने आत्मरति भन्दा समाज ले चाहि अरु पाउलान जस्तो लागेन।सायद एउटा गरिब तर उच्च बिचारको मानिसहरु थुप्रै आउनेजाने गरेका छन। ऊनिहरुसग बसेर फोटो खिच्न कसलाइ छ र फुर्सद उनिहरु कहिले प्राथमिकतामा पर्ने छैनन मानब समाजको नजरमा। मैले बिनोद चौधरि सग फोटो खिचेकोमा आपत्ति गरेको होइन। धन भएका र नभएकालाइ हाम्रो नजरले हेर्ने दोषि चश्मालाइ मात्र इन्कित गरेको मात्र। सायद नेपालका ब्यबसायि बिनोद चौधरिसङग भनेर क्याप्सन र हेडलाइन राखेर तस्बिर राखिएको भए मेरा नजर पर्ने थिएनन होला तर बिलिनियरका नाममा अनेक बिशेषण जोडेर एयरपोर्ट झर्न पाएका छैनन हानथाप र तछाडमछाड गरि प्रस्त्रिप्रधात्मक रुपमा तस्बिरका ओइरो लागे। केहि महिना अघि अमेरिका आएका एकजना साधारण सासद आए गए अत्तोपत्तो भएन उनलाइ कसले पुछ्थ्यो र? न उनि बिलिनियर, न मुलुक चुस्ने मानिस नै परे। चौधरिजि ले राजनिति गर्ने नेता कार्यकर्ता, बुद्दिजिबि, पत्रकार, बिभिन्न पेशाका मानिसहरु, एन जि यो, मुलुकका नाम चलेका वा केहिका अगेनामा धेरैपटक चुल्हो बालिदिएका होलान, माना चामल भरिदिएका होलान लुगाफाटा घर घरेडि किनिदिएका होलान, कतिलाइ गाडि किनिदिएका होलान।

    साना ठुला मानिस गच्छे अनुसारको खाम हातमा राखिदिएका होलान। मुलुकमा आर्थिक र सुशासनको कानुन भैदिएको भए चौधरिजि आज बिलिनियर मानबको उच्च सम्मान खाने मानिस होइन कि कतै कुनै कुनामा सजाय भोगिरहेका हुने थिए। उनले कसरि कमाए त्यो जुन घाम जस्तै छ। ईमान्दार कमाइ गरि दाल भात अचार खाएर बस्ने नेपालिलाइ मेरो सलाम र मुलुक मारेर, चुसेर, मुलुक डामेर आर्जन गरेको यो पगरि गुथ्ने र यस्ता मानबलाइ भगवान र उच्च मानब मानबको रुपमा टाउकोमा राख्ने समाजको अन्यायपुर्ण नजरलाइ सकेत मात्र गरेको हु यस स्ट्याटसमा।


    1565 0 6/14/2016 @ 10:25

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top