काठमाडौं , हतियारसहित पक्राउ पक्राउ परेका व्यक्तिलाई छुटाउन माग गरेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संघठन अखिल क्रान्तिकारीले देशभरिका शिक्षण संस्थाहरू बिहीबार बन्द गराएको छ ।विराटनगर विमालनस्थलमा चेकजाँचका क्रममा बन्दुकको गोलीसहित पक्राउ परेका नरेन्द्र विश्वकर्मालाई छुटाउन अखिल क्रान्तिकारीले विद्यालयहरू बन्द गराएको हो । नरेन्द्र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्माका छोरा पनि हुन् ।अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएपछि देशभरिका लाखौँ विद्यार्थीको पठन पाठन प्रभावित बनेको छ ।
कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन् ।नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको छ । नरेन्द्र विश्वकर्मा पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन् ।नरेन्द्र विश्वकर्मा यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् ।
ktm वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु