टी-२० क्रिकेट सिरिज:नेपालकाे ऐतिहासिक जित

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । वषर्ाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए । यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछ ..


आज नेपाल र यूएईबीच पहिलो टी-२० खेल हुँदै, अर्को इतिहास रच्ने तयारी

काठमाडौँ । आज संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको नेपालले पहिलो टी-२० खेल खेल्ने भएको छ। नेपाल यूएईबीचको खेल आज दिउँसो नेपाली समयानुसार पौने तीन बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुँदैछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) को मान्यता दिएपछिको दोस्रो द्विपक्षीय सिरिज जितेर विश्वक्रिकेटमा सनसनी मच्चाएको नेपालले आज टी ट्वान्टी सिरिज जितेर नयाँ इतिहास रच्ने दाउमा छ। पहिलो ..


धुर्मुस-सुन्तलीले बनाउने अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला यस्तो बन्नेछ

काठमाडौं। भरतपुरमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको थ्रिडी डिजाइन सार्वजनिक भएको छ। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको उक्त रंगशाला निर्माणको बुधबार दिउँसो राजधानीमा आयाजित एक कार्यक्रममा घोषणा समेत गरिएको छ। त्रीभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ। ..


नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला

काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपाललाई २-१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भए । उनले ९६ बलमा सतक प्रहार ..


दोस्रो एकदिवसीय क्रिकेटः यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखा ..


पोखरामा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

पोखरा । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा पोखरामा मंगलबार दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिता ५ माघसम्म चल्नेछ। प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे। पहिलो दिनको खेलमा सशस्त्र प्रहरीले प्रदेश १ लाई २५–३, २५–८ र २५–३ सेटमा हराउँदा प्रदेश ५ ले प्रदेश २ लाई २५–१०, २५–१४ र २५–८ सेटमा पन्छायो। घरेलु टोली गण्डकी प्रद ..


मनाङले उचाल्यो ए डिभिजन लिगको ट्रफी (फोटो फिचर)

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ ।  लिगको अन्तिम खेलमा उसले फ्रेन्ड्ससँग १–० को हार व्यहोर्यो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुक्यो । हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले तीन अंक जोड्दै बटम थ्रीबाट माथि उक्लन सफल भयो । प्रतियोगिताको फेयर प्ले टिम ब्रिगेड ब्वाइ ..


अष्ट्रेलिया र भारतका खेलाडी कालो पट्टी बाँधेर खेल्दै

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट सिड्नीमा जारी छ । आज टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवात गरेको छ । तर सिड्नीमा अष्ट्रेलिया र भारतका दुबै खेलाडीलाई अलि फरक रुपमा देखियो । भारत दुवै टोलीका खेलाडी कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । दुबै टोलीले कालो पट्टी बाध्नुको फरक फरक कारण रहेको छ । पुर्व ब्याट्सम्यान बिल वाटसनको निधन भएको कारण शोक ब्यक्त गर्न कालो पट्टी बाधेर आफ्ना खेलाडी मैदान उत्रेको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । त्यस्तै भारतीय खेलाडी ..


सरस्वती क्लब आर्मीद्वारा ४-० गोलले पराजित

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ। ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो। यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क जोडेको छ भने अङ्क तालिकाको चौथो स्थानमा यथावत छ। आर्मीको जितमा नवयुग श्रेष्ठले एक गोल गरे भने कप्तान भरत खवासले दुई गोल गरे। नवयुगले खेलको ..


मनाङ मर्स्याङ्दी लगातार विजयी

२४ मंसिर, काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातौ खेलसम्म पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा मनाङले मछिन्द्र क्लबलाई १-० गोलको कठिन जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । मनाङको जितमा अफिज ओलावालेले निर्णायक गोल गरे । पहिलो हाफसम्म मनाङलाई बराबरीमा रोकेको मछिन्द्रले खेलको अन्तिम समयतिर गोल खान पुग्यो । ५९ औं मिनेटमा दोणा थापाको स्थानमा म ..


Top